नयाँ जानकारीको लागि, आवेदन दर्ता केन्द्र वा जापानी भाषा संस्करणको पृष्ठमा हेर्नुहोस्। यो पृष्ठमा स्टाफ चाहिएको जानकारी प्रकाशित भएको भए तापनि, सम्बन्धित कामको लागि स्टाफ खोज्ने कार्य समाप्त भइसकेको अवस्थाहरू पनि हुन सक्छन्। त्यस्तो अवस्थामा नराम्रो नमानीकन बुझिदिनुहुन अनुरोध गर्दछौं।
स्टाफको आवाज
तयारी खाना उत्पादन कारखाना संस्करण
- K.K. जी, काम गरेको अवधि: 6 वर्ष, पार्ट टाइम
- B.K. जी, काम गरेको अवधि: 5 वर्ष, पार्ट टाइम
- A.Y. जी, काम गरेको अवधि: 16 वर्ष, पार्ट टाइम
यो तयारी खाना पकाउनेदखि प्याकिङ तथा सामान पठाउनेसम्मको काम हो।
तपाईंले लाइन-वर्कको दृश्य पनि हेर्न सक्नुहुनेछ।
यहाँ मिलनसार सहकर्मीहरू छन् र सजिलोसँग काम गर्न सक्ने वातावरण छ।
धेरै विदेशी नागरिकहरू पनि काम गरिरहेका छन्।
काम सूची हेर्ने
प्रायः सोधिने प्रश्नहरू
कामसँग सम्बन्धित प्रश्नहरू
- SEIYU・LIVIN・SUNNY कस्तो प्रकारको पसल हो?
-
SEIYU・LIVIN・SUNNY सुपरमार्केट हो।
यसको मूल कम्पनी विश्वको सबैभन्दा ठूलो सुपरमार्केट चेन वलमार्ट कम्पनी हो । आफ्नो सिद्धान्त "Every Day Low Price (हरेक दिन सुपथ मूल्य)" मा आधारित भई, "Saving people money so they can live better." "हामी ग्राहकलाई सुपथ मूल्यमा मूल्यवान किनमेलका अवसरहरू प्रदान गरी, ग्राहकको दैनिक जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्याउँछौं" भन्ने आफ्नो उद्देश्यलाई वास्तविकतामा परिणत गर्नु वलमार्टको लक्ष्य हो।
- कार्यविवरणबारे जानकारी दिनुहोस्।
-
पसलमा सामान सिद्धिएको बिक्री स्थान नहुने गरी, ब्याकयार्डबाट सामान ओसार्ने, सामान कम भएको ठाउँमा सामान थप्ने जस्ता कामहरू गरिन्छ। सामान खोज्ने ग्राहकहरूलाई आवश्यक जानकारी दिने काम पनि गरिन्छ।
हरेक पसलमा, ग्रोसरी, फलफूल तथा तरकारी, मत्स्य उत्पादन, तयारी खाना, सरसफाइ जस्ता प्रत्येक बिक्री विभागमा धेरै कामहरू छन्।
वितरण केन्द्रमा पसल अनुसार सामान छुट्याउने काम गरिन्छ। खाद्य प्रशोधन केन्द्रमा माछा र मासुको सामग्री प्रशोधन र लाइनमा सुन्दर देखिने गरी ट्रेमा खाद्य सामग्री मिलाएर राख्ने काम आदिको जिम्मेवारी लिनु पर्दछ।
हामी कामको अनुभव नभएको व्यक्तिलाई पनि सामान/खाद्य सामग्रीको ह्यान्डलिंग गर्ने र स्वच्छताको प्रक्रियादेखि नै प्रशिक्षण दिन्छौँ।
- कस्ता मान्छेहरू काम गरिरहेका छन्?
-
15 वर्षदेखि 70 वर्षसम्म भित्र पर्ने विभिन्न उमेरका पार्ट टाइम र आरुबाइतो स्टाफहरू काम गरिरहेका छन्। हामीले विभिन्न व्यक्तित्व भएका एसोसिएटहरू सबैले राष्ट्रियता, उमेर, लिङ्ग, धर्म जस्ता कुराको भेदभाव नगरीकन, एकअर्काको व्यक्तित्वको सम्मान गर्न सक्ने कार्यस्थलको वातावरण निर्माण कार्यलाई अघि बढाइरहेका छौं।
- हिजाब लगाएर काम गर्न सकिन्छ?
-
सामान्यतया हिजाब लगाएर काम गर्न सकिन्छ।
पसलको डिस्प्लेमा सामान राख्ने जस्ता काम गर्दा दुर्घटना रोकथामको लागि हिजाब माथि तोकिएको युनिफर्म लगाउनु पर्नेछ।
हिजाबको सन्दर्भमा, भुवा ननिस्कने कपडाले बनेको र सजावट नभएको कालो वा कालो जस्तो देखिने रङ्गको हिजाब प्रयोग गर्नुहोस्। अन्तर्वार्ताको बेला विस्तृत जानकारी दिइनेछ।
- सुँगुर वा गाईको मासुको काम गरिन्छ?
-
बिक्री स्थान, विभाग अनुसार छ। खाद्य प्रशोधन केन्द्रमा सुँगुर, गाई, कुखुरा आदिको मासु स्लाइस गर्ने, पकाउने, सुन्दर देखिने गरी ट्रेमा मिलाएर राख्ने आदि गरिन्छ।
पसलमा सुँगुर र गाईको मासुको प्रशोधन गरिँदैन तर केन्द्रबाट डेलिभरी गरिने प्याक गरिएको मासु पसलको डिस्प्लेमा राख्नु पर्ने अवस्थाहरू हुन सक्छन्।
- काममा प्रयोग गर्ने टर्मिनल (उपकरण) मा प्रदर्शित हुने कुराहरू जापानी भाषामा लेखिएको हुन्छ? खान्जी पढ्न सकेन भने काम गर्न गाह्रो हुन्छ?
-
सामान्यतया टर्मिनल (उपकरण) मा प्रदर्शित हुने सबै कुराहरू जापानी भाषामा लेखिएको हुन्छ। खान्जी पनि प्रयोग गरिएको छ तर एक पटक याद गर्यो भने काम गर्न गाह्रो हुँदैन। धेरै विदेशी स्टाफहरू पनि कुनै समस्या बिना काम गरिरहेका छन्। चिन्ता नगरेपनि हुन्छ!
- कहिलेदेखि तलबी बिदा पाइन्छ?
-
काम सुरु गरेको 6 महिना बितेपछि सम्झौता विवरण अनुसार तलबी बिदा दिइन्छ। काम सुरु गरेको 2 वर्ष पछि, आर्थिक वर्षको सुरुमा काम गरेको कुल वर्ष र सम्झौता विवरण अनुसार तलबी बिदा दिइन्छ।
- कम्पनीले आरुबाइतो गर्ने व्यक्तिको पनि वर्षको अन्त्यमा कर समायोजन गरिदिन्छ?
-
SEIYU मा मात्र काम गर्ने व्यक्ति भएमा, SEIYUले वर्षको अन्त्यमा कर समायोजन गर्छ। SEIYU बाहेक अन्य काम पनि भएको व्यक्तिले करघोषणा प्रक्रिया (खाकुतेइसिन्कोकु) गर्नुहोस्।
- विदेशी राष्ट्रको विद्यार्थी (विश्वविद्यालयको विद्यार्थी तथा मास्टर्स गरिरहेको विद्यार्थी, व्यावसायिक विद्यालयको विद्यार्थी आदि) लाई अध्ययन समाप्त भएपछि स्थायी कर्मचारीको रूपमा नियुक्त गर्नुहुन्छ?
-
SEIYU ले सक्रिय रूपमा विदेशी नागरिकलाई स्थायी कर्मचारीको रूपमा नियुक्त गरिरहेको छ तर निर्धारित छनौट प्रक्रिया भने पार गर्नु पर्नेछ। मेहनत गरी काम गरेर राम्रो मूल्याङ्कन गरिएका धेरै विदेशी नागरिकहरू स्थायी कर्मचारीको रूपमा नियुक्त भई काम गरिरहेका छन्। भविष्यमा स्थायी कर्मचारीको रूपमा मेहनत गर्न चाहने व्यक्तिले पनि ढुक्क भएर आवेदन दिनुहोस्!
- म विदेशी राष्ट्रको विद्यार्थी हुँ। विद्यालयमा लामो बिदा भएको अवधिमा एक हप्तामा 40 घण्टा काम गर्न पाइन्छ?
-
एक हप्तामा 40 घण्टा काम गर्न पाइँदैन। विद्यालयमा लामो बिदा भएको अवधिमा पनि रोजगार सम्झौताको आधारमा बनाइने कार्यतालिका अनुसार काम गर्नु पर्नेछ।
आवेदनको बारेमा
- म विदेशी राष्ट्रको नागरिक हुँ। मैले आरुबाइतोको लागि आवेदन दिन सक्छु?
-
अवश्य पनि तपाईंले आवेदन दिन सक्नुहुन्छ। अन्तर्वार्ता जापानी भाषामा लिइन्छ। काम गर्दा ग्राहकलाई जापानी भाषामा आवश्यक जानकारी दिन र सहकर्मीसँग जापानी भाषामा कम्युनिकेसन गर्नु पर्ने हुनाले जापानी भाषा प्रवीणता परीक्षाको 3~4 स्तरको कुराकानी गर्न सकेमा समस्या हुँदैन।
ग्राहकसँग कुराकानी गर्ने अवसर पनि धेरै हुने हुनाले, आफ्नो जापानी भाषा अझ राम्रो बनाउन चाहने व्यक्तिहरूलाई यो आरुबाइतो सिफारिस गर्दछौं!
- अन्तर्वार्ताको बेला के-के चाहिन्छ?
-
पासपोर्ट र रेसिडेन्स कार्ड लिएर आउनुहोस्। बसोबास योग्यता (भिसा) अनुसार "बसोबास योग्यतामा नपर्ने गतिविधि गर्ने अनुमतिपत्र" आवश्यक हुन्छ।
विद्यार्थीहरूको लागि विद्यार्थी परिचयपत्र (स्टुडेन्ट ID) आवश्यक हुन्छ।
काम दिने निर्णय भपछि काम सुरुको प्रक्रिया गर्ने बेला पनि यी कागजातहरू आवश्यक हुन्छ।
- भिसा नवीकरणको प्रक्रिया गरिरहेको बेला काम गर्न सकिन्छ?
-
"बसोबास अवधि नवीकरण अनुमति आवेदन प्रक्रिया" गरिरहेको बेला बसोबास म्याद समाप्त भई, "बसोबास योग्यता (भिसा) को विशेष प्रणाली" लागू गरिएको अवधिमा काम गर्न सकिँदैन। बसोबास योग्यता (भिसा) नवीकरण प्रक्रिया पूरा भएमा, फेरि काम गर्न सकिन्छ।
- कपाल कटाइ र पहिरनमा कुनै प्रतिबन्ध छ?
-
बिक्री र ग्राहक सेवाको काम गर्ने स्टाफ हुनाले, पहिरन र कोरिबाटी चिटिक्क पार्नु निकै महत्त्वपूर्ण छ।
कपाल कटाइ र कपडा दुवै फोहोर नदेखिने, सफा सुग्घर पहिरनमा काम गर्न अनुरोध गर्दछौं।
सामान बिग्रिने वा चोटपटक लाग्ने खतरा हुने हुनाले, लामो नङ्ग र औंलामा ऐक्ससरी लगाएर काम गर्न पाइँदैन। विस्तृत जानकारीको लागि अन्तर्वार्तामा सोध्नुहोस्।
- आरुबाइतो गरेको अनुभव नभएमा वा कारखानामा काम वा ग्राहक सेवाको काम गरेको अनुभव नभए तापनि आवेदन दिन पाइन्छ?
-
SEIYU मा आरुबाइतो डेब्यु गर्ने व्यक्तिहरू पनि धेरै छन्। कामको अनुभव नभएको व्यक्तिलाई पनि स्वागत छ!
रेजिष्टर, मत्स्य उत्पादन, तयारी खाना जस्ता प्रत्येक बिक्री स्थान र विभागमा प्रशिक्षण दिइन्छ। रेजिष्टर "टच-प्यानल टाइप" को छ तर हामी यस्तो अनुभव नभएको व्यक्तिले पनि चलाउने तरिका याद गर्न सक्ने गरी बिस्तारै प्रशिक्षण दिन्छौं। हामीले यी बाहेक e-लर्निङ, भिडियो म्यानुअल आदिको पनि व्यवस्था गरेका छौं। त्यसकारण ढुक्क भएर आवेदन दिनुहोस्।
※ट्रेनिङ र म्यानुअल जापानी भाषामा छ तर धेरै विदेशी स्टाफहरूले पनि प्रशिक्षण लिएर काम गरिरहेका छन्। जापानी भाषा पनि सिक्न सकिन्छ भनेर सबैले मन पराउँछन्!
- म र मेरो साथीले एकै फोन नम्बर प्रयोग गरिरहेका छौं। मैले आवेदन दिन सक्छु?
-
तपाईंले आवेदन दिन सक्नुहुन्छ तर आवेदन दर्ता केन्द्र वा छनौट जिम्मेवार कर्मचारीले निश्चित रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौं।
साथै काम सुरु बेलासम्ममा ल्याण्डलाइन वा व्यक्तिगत मोबाइल फोनको व्यवस्था गर्नुहोस्।
- अन्तर्वार्ता दिन, तोकिएको समयमा उपस्थित हुन नसक्ने अवस्था सृजना भएमा के गर्दा राम्रो हुन्छ?
-
तोकिएको समयमा उपस्थित हुन नसक्ने अवस्थामा, आवेदन दर्ता केन्द्र (050-3850-9298) मा सम्पर्क गर्नुहोस्। उक्त दिनको लागि आकस्मिक सम्पर्क नम्बर दिनेछौं। कृपया जति सक्दो छिटो सम्पर्क गर्नुहोस्।
नयाँ जानकारीको लागि, आवेदन दर्ता केन्द्र वा जापानी भाषा संस्करणको पृष्ठमा हेर्नुहोस्। यो पृष्ठमा स्टाफ चाहिएको जानकारी प्रकाशित भएको भए तापनि, सम्बन्धित कामको लागि स्टाफ खोज्ने कार्य समाप्त भइसकेको अवस्थाहरू पनि हुन सक्छन्। त्यस्तो अवस्थामा नराम्रो नमानीकन बुझिदिनुहुन अनुरोध गर्दछौं।
काम सूची हेर्ने